+
+
Shares

आन्तरिक उत्पादन प्रवर्द्धन गर्न साढे दुई सय वस्तुमा भन्सार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते २१:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षदेखि आन्तरिक उत्पादनको प्रवर्द्धन र संरक्षण गर्न २५६ वस्तुको आयातमा भन्सार लगाउने भएको छ ।
  • बजेटमार्फत परिवर्तन भएको भन्सार दरअनुसार ४१ शीर्षकभित्रका वस्तुहरूको आयातमा ५ देखि १५ प्रतिशतसम्म भन्सार लाग्नेछ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक उत्पादनलाई निरुत्साहित गर्ने खालका वस्तुको आयात घटाउन यस्तो व्यवस्था गरिएको बताउनुभयो ।

१६ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि आन्तरिक उत्पादनका प्रतिस्पर्धी वस्तुहरूको आयातमा भन्सार लगाउने भएको छ । सरकारले आन्तरिक उत्पादन प्रवर्द्धन गर्न २५६ वटा वस्तुहरूको आयातमा भन्सार लगाउने भएको हो ।

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक उत्पादनलाई निरुत्साहित गर्ने खालका वस्तुहरूको आयात घटाउन भन्सार लगाइएको बताए । मन्त्री वाग्लेले शुक्रबार आन्तरिक उत्पादनको प्रवर्द्धन तथा संरक्षण गर्न ५ देखि १५ प्रतिशतसम्मको भन्सार दर तोकेको बताए ।

बजेटमार्फत परिवर्तन भएको भन्सार दरलाई कानुनी रूप दिन ल्याइएको आर्थिक विधेयकअनुसार ४१ शीर्षकभित्र रहेका २५६ वटा उपशीर्षकका वस्तुहरूको आयातमा ५ देखि १५ प्रतिशतसम्म भन्सार दर लगाइएको छ । ‘आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क’ भन्दै सरकारले भन्सार लगाएको हो । यसरी भन्सार तोकिएका वस्तुहरू नेपालमै उत्पादन भएको अवस्थामा मूल्य परिवर्तन हुँदैन । तर, आयात गरिएका वस्तुहरू हुन् भने मूल्य बढ्नेछ ।

सरकारले गाढा पारिएको वा चिनी वा अन्य गुलियो पदार्थ हालिएको दूध र तर, तौलमा फ्याटको मात्रा १.५ प्रतिशतभन्दा बढी नभएको धुलो, दाना वा अन्य ठोस वस्तुहरूमा १० प्रतिशत भन्सार तोकेको विधेयकमा उल्लेख छ । त्यसैगरी, चिल्लो हटाइएको दूध, चिनी वा अन्य गुलियो पदार्थ, दूधबाट निकालिएको नौनी तथा अन्य फ्याट वा चिल्लो पदार्थ भएका वस्तुहरूमा पनि १० प्रतिशत भन्सार तोकिएको छ ।

त्यसैगरी, सरकारले नभुटेको/भुटेको कफीमा १० प्रतिशत, ग्रिन टीमा १० प्रतिशत, मरिचमा १० प्रतिशत र टिमुरमा १० प्रतिशत भन्सार तोकेको छ । दालचिनीमा १० प्रतिशत भन्सार तोकिएको छ भने अदुवा, केसर, हलेदो, तेजपात, पुदिना, तरकारी र अन्य मसलामा ५ प्रतिशतका दरले भन्सार लगाइएको छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि बाँसको आयातमा १० प्रतिशत भन्सार तोकेको छ । कत्था र कपासमा भने ५ प्रतिशत भन्सार लाग्ने आर्थिक विधेयक, २०८३ मा उल्लेख छ । सरकारले दाउरा आयातमा ५ प्रतिशत भन्सार तोकेको छ । सरकारले कोइलाको आयातमा १५ प्रतिशत भन्सार तोकेको छ । यसरी सरकारले नेपालमा उत्पादन हुने विभिन्न २५६ वस्तुहरू आयात भएको खण्डमा ५ देखि १५ प्रतिशतसम्म भन्सार तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?