+
+
Shares

अपांगता भएका व्यक्तिलाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने व्यवस्था प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १२:२९

१७ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक मा तीन वटा संशोधन प्रस्ताव गरेको छ ।

यो विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको हो । राष्ट्रिय सभामा तीन वटा संशोधन परेको हो ।

जसमार्फत सांसदहरूले अपांगता भएका व्यक्तिलाई अनिवार्य उम्मेददवार बनाउनुपर्ने व्यवस्था प्रस्ताव गरेका छन् ।

सांसदहरू सुरेश कुमार आले मगर  लगायतले निर्वाचनमा राजनीतिक दलले उम्मेदवारी दिँदा अपाङ्गता भएको व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

सांसदहरू पदम बहादुर परियार लगायतले उम्मेदवारको बन्दसूचीको लागि समावेशी आधारको तालिका पछि तय गरिनुपर्ने बताएका छन्

जस अन्तर्गत राजनीतिक दलले उम्मेदवारी दिँदा अपाङ्गता भएको व्यक्तिको समेत प्रतिनिधित्व हुने सुनिश्चित गर्नुपर्ने भनिएको छ ।

साथै, तराई दलितलाई पनि सम्बोधन गरिनुपर्ने प्रस्ताव राखेका हुन् ।

सांसदहरू खम्म बहादुर खाती लगायतले पनि उम्मेदवारको बन्दसूचीको लागि समावेशीको आधार प्रष्ट गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?