+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमालेका युवा-विद्यार्थीले निकाले मशाल जुलुस

एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा आइतबार साँझ मशाल जुलुस निकालेका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ जेठ १७ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका युवा तथा विद्यार्थीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिविरुद्ध काठमाडौंमा मशाल जुलुस निकालेका छन् ।
  • नेपालले भारतको जमीन मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन नेकपा एमालेले माग गरेको छ ।

१७ जेठ, काठमाडौं । नेकपा एमालेका युवा तथा विद्यार्थीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिविरुद्ध काठमाडौंमा मशाल जुलुस निकालेका छन् ।

प्रधानमन्त्री बालेन शाहले आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।

नेकपा एमालेले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति संसद्‍को रेकर्डबाट हटाउन माग गरेका छन् ।

एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा आइतबार साँझ मशाल जुलुस निकालेका हुन् ।

उनीहरूले ‘मेयर हुँदा ग्रेटर नेपाल, प्रधानमन्त्री हुँदा लम्पसारवाद, दोहोरो चरित्र बन्द गर’, ‘कुर्सीमा बसेर देशलाई लज्जित पार्न पाइँदेन, राष्ट्रघाती अभिव्यक्ति सहिँदैन’लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?