+
+

नापीका सर्भेक्षक घुससहित रङ्गेहात पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २४ गते १३:२४

RAJENDRALAL-SHRIWASTAV२४ असोज, भैरहवा । नापी कार्यालय रुपन्देहीका सर्भेक्षक राजेन्द्रलाल श्रीवास्तव घुस लिदा लिदै रङ्गेहात पक्राउ परेका छन् ।

पड्सरी गाविस-५ ठुटिपिपल निवासी श्रीवास्तवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्रेको हो ।

श्रीवास्तवले सेवाग्राहीबाट घुस माग्ने गरेको पटक पटक उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी राखेको थियो । सोही क्रममा शुक्रबार तीन हजार नगद सहित उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय रुपन्देहीका प्रमुख निराजन घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

अख्तियारको टोलीले उनको साथबाट ६७१६१६, ८२४४१३ र ६६२०३६ नम्बरका एक हजार रुपैंयाका तीन वटा नोट बरामद गरेको छ ।

RAJENDRALAL-SHRIWASTAV-LE-L

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?