+
+
Shares

रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक बस्दै, यसरी हुँदैछ जमघट (तस्वीरहरू)

भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ असार ६ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज चितवनको भरतपुरमा बस्दैछ ।
  • बैठकमा केन्द्रीय समितिको आकार १३१ बाट बढाएर १५१ सदस्यीय बनाउने विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।
  • भरतपुरमा भोलिदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनमा देशभरबाट तीन हजार प्रतिनिधि सहभागी हुनेछन् ।

६ असार, काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठक केहीबेरमा सुरु हुँदैछ । दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेका लागि सरेको थियो ।

अहिले नेताहरू बैठकस्थलमा पुग्ने क्रम जारी छ । बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बस्दैछ । सभापति रवि लामिछाने बैठकस्थलमा पुगेका छैनन् । उनी पुग्नासाथ बैठक सुरु हुने नेताहरूले बताएका छन् ।

बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ ।

रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।

केन्द्रीय समितिको बैठक तथा महाविधेशनमा सहभागी हुनका लागि पार्टी सभापति रवि लामिछाने आज चितवन आउने कार्यक्रम रहेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए ।

रास्वपाको पहिलो महाधिवेशन भोलीदेखि ३ दिनसम्म चितवनको भरतपुरमा हुँदैछ । महाधिवेशनमा देशभरबाट ३ हजार प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ । महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुनेछ ।

प्रतिनिधिहरूलाई खानाको व्यवस्थापन पार्टीले गरेको छ भने आवासको व्यवस्था र खर्च प्रतिनिधि आफैंले गर्नुपर्ने हुन्छ ।

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?