+
+

बालक हत्याको आरोपमा सौतेनी आमा पक्राउ

नेपालगञ्ज । बाँकेको कोहलपुरमा एकसाता अघि मृत भेटिएको बालकको हत्या गरेको आशंकामा प्रहरीले सौताने आमालाई नियन्त्रणमा लिएको छ ।

मृतक बालक स्थानीय त्रिभुवन माविमा कक्षा ७ मा अध्ययनरत ११ वर्षीय लालकेश भण्डारी भएको खुलेको छ र उनी कोहलपुरमा सौताने आमा भमिका कुँवर भण्डारीसँग बस्दै आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २८ गते २०:४१

आरपी सुवेदी

२८ असोज, नेपालगञ्ज । बाँकेको कोहलपुरमा एकसाता अघि मृत भेटिएको बालकको हत्या गरेको आशंकामा प्रहरीले सौतेनी आमालाई नियन्त्रणमा लिएको छ ।

मृतक बालक स्थानीय त्रिभुवन माविमा कक्षा ७ मा अध्ययनरत ११ वर्षीय लालकेश भण्डारी भएको खुलेको छ र उनी कोहलपुरमा सौतेनी आमा भमिका कुँवर भण्डारीसँग बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनको हत्यामा सौतेनी आमाको संलग्नता भएको हुन सक्ने भन्दै सौताने आमा भमिकालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बालकको शव कोहलपुर-१० रामनगरमा हत्या गरेर बोरामा फालिएको वेवारिसे अवस्थामा गत असोज २२ गते फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले दिएको जानकारी अनुसार मृतक बालकको बुवा प्रेमबहादुर भण्डारीले छोराको खोजी गर्दै आएपछि मृतकको सनाखत भएको हो ।

मृतकको बुवा प्रहरी जवान भएको र उनी जिप्रका डोटीमा कार्यरत रहेको बेला घटना घटे पनि उनलाई गत शुक्रबार मात्रै सौतेनी आमा भमिकाले छोरो हराएको भनेर खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?