News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी सेन्ट्रल कमान्डले इरानभित्र रहेका दर्जनौं सैन्य ठेगानाहरूमा नयाँ चरणको हवाई आक्रमण पूरा गरेको छ।
- स्ट्रेट अफ हर्मुजमा जहाजहरूमाथि हुने आक्रमण रोक्न इरानी सैन्य संरचनाहरूलाई निशाना बनाइएको अमेरिकी सेनाले जनाएको छ।
- अपरेशनका क्रममा अमेरिकी सेनाले फाइटर जेट र ड्रोन प्रयोग गरी इरानी एयर डिफेन्स र राडार प्रणालीमा बमबारी गरेका छन्।
अमेरिकी सेनाले इरानभित्र रहेका विभिन्न सैन्य ठेगानाहरूमा नयाँ चरणको आक्रमण पूरा गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले यस अपरेशनका क्रममा इरानका दर्जनौं ठेगानाहरूमा बमबारी गरिएको जनाएको छ।
सेन्टकमले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्ति अनुसार स्ट्रेट अफ हर्मुज भई आवतजावत गर्ने अन्तर्राष्ट्रिय जहाजहरूमाथि इरानले गर्दै आएको आक्रमण गर्ने क्षमतालाई कमजोर बनाउन यो कारबाही गरिएको हो।
अमेरिकी सेनाले यस कारबाहीमा अत्याधुनिक हतियारहरूको प्रयोग गरी विभिन्न स्थानमा रहेका इरानी सैन्य संरचनाहरूलाई निशाना बनाएको छ।
यस सैन्य अपरेशनका क्रममा अमेरिकी फाइटर जेट, नौसैनिक जहाज र ड्रोनहरूले इएयर डिफेन्स सिस्टम, तटीय राडार प्रणाली र साना लडाकु डुङ्गाहरूमाथि आक्रमण गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4