+
+
Shares

यातायातको प्रणाली अवरोधले सेवाग्राहीलाई सास्ती

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था विभागको प्रणालीमा निरन्तर अवरोध आएपछि सेवाग्राहीलाई सास्ती बढेको छ।
  • विभागले सवारी साधन सम्बन्धी नयाँ प्रणालीको तयारी र डेटा माइग्रेसनको काम भइरहेको जनाएको छ।
  • आर्थिक वर्षको अन्त्यमा कार्यालयहरूमा सेवाग्राहीको चाप बढेकाले प्रणालीमा आंशिक अवरोध आएको विभागको स्पष्टीकरण छ।

२९ असार, काठमाडौं । यातायात व्यवस्था विभागको प्रणालीमा निरन्तर अवरोध आउँदा सेवाग्राहीलाई सास्ती बढेको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सेवाग्राहीसँग क्षमा मागेको छ । विभागका अनुसार अहिले सवारी चालक अनुमति पत्र सम्बन्धी प्रणाली (ईडीएल), सवारी साधन दर्ता सम्बन्धी प्रणाली (भीआरएस तथा ईभीआरएस) सञ्चालनमा छन् । यस क्रममा नेपाल सरकारले सवारी तथा यातायात सम्बन्धी नयाँ प्रणाली तयार पार्ने काम जारी रहेको समेत विभागले जनाएको छ ।

नयाँ प्रणाली लागु गर्ने सन्दर्भमा प्रणाली सुधार र डेटा माइग्रेसनको काम भइरहेको विभागको भनाइ छ । प्रदेश सरकारमार्फत देशभरि सवारी साधन तथा यातायात कार्यालयको विस्तार हुने क्रम समेत रहेको सूचनामा उल्लेख छ ।

अहिलेका प्रणालीको सीमित क्षमता रहेको र कार्यालयको सेवा विस्तार हुने क्रम जारी रहँदा आर्थिक वर्षको अन्त्यमा यातायात सम्बद्ध सेवा प्राप्तिका लागि सवारी तथा यातायात कार्यालयमा सेवाग्राहीको अधिक चाप हुने गरेको समेत कार्यालयले जनाएको छ । विभागले सेवाग्राहीको चापले गर्दा अहिले सञ्चालनमा रहेका प्रणालीमा आंशिक अवरोध भएको स्पष्टीकरण दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?