+
+
Shares

ट्राफिक जरिबाना रकम मौजुदा कानुनले तोके बराबर मात्र छ : विभाग

यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा भाइरल भएको ट्राफिक जरिबाना सम्बन्धी पर्चा झुटो रहेको स्पष्ट पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा भाइरल भएको ट्राफिक जरिबाना सम्बन्धी पर्चा झुटो रहेको स्पष्ट पारेको छ ।
  • विभागले हाल उक्त नामको कुनै कानुनी व्यवस्था नभएको जानकारी दिँदै सो भ्रमपूर्ण सामग्रीको पछि नलाग्न सर्वसाधारणलाई आह्वान गरेको छ ।
  • सवारी व्यवस्थासम्बन्धी नयाँ ऐन नआएसम्म हाल विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार नै ट्राफिक नियम कार्यान्वयन हुने विभागले उल्लेख गरेको छ ।

२९ असार, काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमा ट्राफिक जरिबाना रकम मौजुदा कानुनले तोके बराबर मात्र रहेको स्पष्ट पारेको छ ।

आज सूचना जारी गरी विभागले सामाजिक सञ्जालमा मोटर यातायात तथा ट्राफिक नियमावली बमोजिमको जरिबाना दर हेडिङ गरी विभागको नामबाट जारी भएको भनिएको ट्राफिक जरिबाना सम्बन्धी पर्चा झुटो रहेको स्पष्ट पारेको छ ।

अहिले नेपालमा उक्त नामको कानुनी व्यवस्था नभएको समेत विभागले जनाएको छ । सामाजिक सञ्जालमा आएका यस्तो फेक सामग्रीको तथ्य, प्रमाण र आधारको परीक्षण नगरी लाइक, सेयर र प्रचार नगर्न समेत विभागले आह्वान गरेको छ ।

त्यसो गरे विद्युतीय कारोबार ऐन २०६३, प्रतिलिपि अधिकार ऐन २०५९ लगायत कानुनी व्यवस्था अनुसार दण्डनीय हुनेसमेत विभागले बताएको छ ।

ट्राफिक जरिबाना सम्बन्धी विषय अब बन्ने सवारीसाधन तथा यातायात व्यवस्था सम्बन्धी नयाँ ऐन जारी नभएसम्म मौजुदा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार कार्यान्वयन हुने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?