+
+
Shares

भदौ १ गतेबाट ललितपुरका नागरिकलाई घरमै स्वास्थ्य सेवा

ललितपुर महानगरपालिकाले भदौ १ गतेबाट मात्रै आफ्ना नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिकाले आगामी भदौ १ गतेदेखि नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको छ।
  • नगरप्रमुख चिरिबाबु महर्जनका अनुसार हटलाइन नम्बर ११३१ मा फोन गरेपछि चिकित्सक र आवश्यक उपकरणसहितको स्वास्थ्य टोली बिरामीको घरमा पुग्नेछन्।
  • घरमा उपचार सम्भव नभएका बिरामीलाई मात्र महानगरले अस्पताल रेफर गर्ने व्यवस्था गरिएको छ।

२९ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले भदौ १ गतेबाट मात्रै आफ्ना नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । यसअघि साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने घोषणा गरिएको भए पनि केही कामहरू बाँकी रहेकोले भदौ १ गतेदेखि मात्रै सेवा सुरु गरिने नगरप्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

नवौं नगरसभाबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको बारेमा जानकारी दिँदै उनले भने, ‘चिकित्सक, आवश्यक औषधि, उपकरणसहित नि:शुल्क एम्बुलेन्स सेवा भदौ १ गतेदेखि सुरुवात गरिनेछ ।’

महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर ११३१ मा फोन गरेपछि एम्बुलेन्स, डाक्टर, नर्स तथा आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुग्ने व्यवस्था गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य टोलीले घरमै पुगेर बिरामीको आवश्यक स्वास्थ्य परीक्षण, परामर्श तथा प्राथमिक उपचार गर्नेछ। घरमै उपचार सम्भव नभएको अवस्थामा मात्रै बिरामीलाई सम्बन्धित अस्पतालमा रेफर गरिनेछ ।

महर्जनले भने, ‘कसैको घरमा बिरामी पर्दा हटलाइन नम्बर ११३१ मा फोन गर्नेबित्तिकै डाक्टर, नर्स र आवश्यक मेडिकल उपकरणसहितको टोली घरमै पुगेर उपचार सेवा दिन्छ। घरमै उपचार सम्भव नभएपछि मात्रै अन्य अस्पतालमा पठाइने व्यवस्था गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?