+
+
Shares

सञ्चार संस्थाको काममा अवरोध नपुर्‍याउ : नेकपा

पार्टीका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने कुनै पनि हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिको प्रहार भएको उल्लेख छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते २०:३६

२९ असार, काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीले देशका प्रमुख सञ्चार गृहहरूको मूल प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन छाडेर सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध पुर्‍याउने तथा सञ्चारकर्मीहरूलाई त्रसित बनाउने घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने कुनै पनि हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिको प्रहार भएको उल्लेख छ।

प्रेसलाई त्रसित बनाएर वा दबाब सिर्जना गरेर सत्यलाई रोक्न खोज्ने प्रवृत्ति लोकतन्त्रविरोधी रहेको पार्टीको भनाइ छ।

विज्ञप्तिमा सञ्चार माध्यमहरूले सुकुम्बासी, मिटरब्याज पीडित, सहकारी पीडित, बेरोजगारी, भ्रष्टाचार, कुशासन तथा जनजीविकाका विषयमा निरन्तर खबरदारी गरिरहेका बेला तिनै सञ्चार संस्थालाई निशाना बनाउने प्रयास गम्भीर भएको उल्लेख गरिएको छ ।

राज्यका कमजोरी र आलोचनात्मक आवाजलाई दबाउन प्रेसमाथि दबाब सिर्जना गर्ने कुनै पनि प्रयास संविधान, लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत हुने पार्टीले जनाएको छ।

पार्टीले राज्य कानुन, संविधान र विधिअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै बहुमतका आधारमा संविधान र नागरिक अधिकारमाथि हस्तक्षेप गर्न नमिल्ने धारणा पनि व्यक्त गरेको छ। साथै, नेपाली प्रेसले विगतका विभिन्न राजनीतिक परिवर्तनका क्रममा लोकतन्त्र र नागरिक स्वतन्त्रताको पक्षमा खेलेको भूमिकाको स्मरण गर्दै त्रास र दमनबाट नेपाली पत्रकारिता नझुक्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?