+
+
Shares

आफूहरूको ‘अपमान’ भएको भन्दै गृहमन्त्रीको भनाइ रेकर्डबाट हटाउन नेकपा सांसदको माग

जवाफका क्रममा गृहमन्त्री सुधन गुरुङले ‘यहाँ घाँटी सुक्नेगरी कराउनेहरू को को हस्पिटल पुग्नुभएको थियो ?’ भनी प्रश्न गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले संसद्मा प्रयोग गरेको 'घाँटी सुक्नेगरी' भन्ने शब्द रेकर्डबाट हटाउन माग गरेका छन् ।
  • गृहमन्त्री गुरुङले मुगु घटनाबारे प्रश्न उठाउने सांसदहरूलाई लक्षित गर्दै सदनमा सो अभिव्यक्ति दिएका थिए ।
  • सांसद शर्माले गृहमन्त्रीको अभिव्यक्ति सांसद र संसद्को अपमान भएको भन्दै आपत्ति जनाएका छन् ।

२६ असार, काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले संसद्को रोस्ट्रमबाट सम्बोधन गर्ने क्रममा उच्चारण गरेको ‘घाँटी सुक्नेगरी’ शब्दलाई रेकर्डबाट हटाउन माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङ संसद्मा घाँटी सुक्नेगरी कराएर मात्रै नहुने बताएका थिए ।

उनले मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा सांसदहरूले व्यापक प्रश्न उठेपछि जवाफ दिएका थिए । जवाफका क्रममा उनले ‘यहाँ घाँटी सुक्नेगरी कराउनेहरू को को हस्पिटल पुग्नुभएको थियो ?’ भनी प्रश्न गरेका थिए ।

उक्त विषयमा सांसद शर्माले आपत्ति जनाएका हुन् । उनले यसलाई सांसदहरूमाथि गरिएको अपमानको रुपमा व्याख्या गरे ।

‘सदनले सरकारलाई सदनमै खोज्ने हो । सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ भनेर सदनलाई जानकारी दिने हो । त्यो जिम्मेवारी हो । सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्नेगरी चिच्याएको भनेर भन्न मिल्दैन,’ उनले भने, ‘यो सांसदहरूप्रति र संसद्प्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रुपमा मैले बुझेको छु । यसलाई संसद्को रेकर्डबाट हटाइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?