News Summary
Generated by OK AI. Editorially reviewed.- ज्योतिषाचार्य नारायणप्रसाद दुलालका अनुसार आज १२ वटै राशिका लागि फरक-फरक ग्रहको प्रभाव रहनेछ ।
- वृष, मिथुन र कर्कट राशिका व्यक्तिहरूका लागि आजको दिन नयाँ कार्यको थालनी गर्न अत्यन्त अनुकूल रहेको छ ।
- धनु राशिका व्यक्तिहरूले भने सोचेअनुसार परिणाम नआउँदा केही निराशा महसुस गर्न सक्ने ज्योतिषीय विश्लेषण गरिएको छ ।
मेष
प्रेम सम्बन्धमा सामान्य असमझदारी देखिन सक्छ, त्यसैले संयमित व्यवहार गर्नु उचित हुनेछ । खानपान र स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस् । अरूको जिम्मेवारी वहन गर्दा समय र धन दुवै खर्च हुन सक्छ । साँझपख वैदेशिक क्षेत्रबाट सुखद् समाचार प्राप्त हुने सम्भावना छ । आज भगवान् चन्द्रदेवको स्मरण गरी कार्य प्रारम्भ गर्दा सकारात्मक परिणाम प्राप्त हुनेछ ।
वृष
आज नयाँ कार्यको प्रारम्भ गर्ने अनुकूल समय रहेको छ । स्थान परिवर्तन वा नयाँ अवसरसँग जोडिने सम्भावना देखिन्छ । आजको परिश्रमले भविष्यमा राम्रो प्रतिफल दिनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा सफलता प्राप्त हुनेछ । आज माता दुर्गाको आराधना गरी कार्य आरम्भ गर्दा शुभ परिणाम प्राप्त हुनेछ ।
मिथुन
आज मन अध्यात्म, दर्शन र सकारात्मक सोचतर्फ आकर्षित हुनेछ । लामो समयदेखि रोकिएका काम पुनः सुरु गर्दा सफलता मिल्नेछ । रमणीय स्थानको भ्रमणले मन प्रफुल्ल रहनेछ । अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । आज भगवान् शिवको पूजा वा दर्शन गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट
आज नयाँ ज्ञान र सीप आर्जन गर्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको सुरुवात वा शुभकार्यको चर्चा चल्नेछ । प्रभावशाली व्यक्तिसँगको भेटघाटले आत्मविश्वास बढाउनेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नुका साथै दाम्पत्य जीवन पनि सुखद् रहनेछ । आज भगवान् विष्णुको स्मरण गरी कार्य प्रारम्भ गर्दा विशेष सफलता प्राप्त हुनेछ ।
सिंह
बिना सोचविचार प्रतिबद्धता जनाउँदा अप्ठ्यारोमा पर्न सकिन्छ । स्वास्थ्य र व्यक्तिगत आवश्यकतामा खर्च बढ्न सक्छ । सामाजिक वा सार्वजनिक कार्यमा केही अवरोध देखिए पनि धैर्यले सफलता दिलाउनेछ । शुभकार्यको चर्चा चल्नुका साथै नयाँ अवसर प्राप्त हुनेछन् । आज भगवान् लक्ष्मीनारायणको पूजा गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
कन्या
लामो समयदेखि अधुरा रहेका कामले पूर्णता पाउनेछन् । आकर्षण र आत्मविश्वास बढ्नेछ । वैदेशिक क्षेत्रबाट लाभ प्राप्त हुने संकेत छ । प्रेम सम्बन्ध सुदृढ बन्नेछ । आफ्नो कार्यक्षेत्रमा प्रभाव र प्रतिष्ठा बढाउन सफल हुनुहुनेछ । आज भगवान् गणेशको पूजा गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
तुला
घरपरिवारको साथ र सहयोगले उत्साह बढ्नेछ । नयाँ विषय सिक्ने अवसर प्राप्त हुनेछ । शुभकार्यमा सहभागी हुने योग छ । लामो दूरीको यात्रा सुखद् र फलदायी बन्नेछ । कला, संस्कृति तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ । आज माता लक्ष्मीको आराधना गरी कार्य गर्दा भाग्यले राम्रो साथ दिनेछ ।
वृश्चिक
सोचेका र योजना बनाएका कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन् । रमाइलो र सुखद् यात्राको अवसर प्राप्त हुनेछ । सम्मान र आतिथ्यता पाइनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आफ्नो क्षमता र व्यवहारबाट अरूको मन जित्न सफल हुनुहुनेछ । आज भगवान् विष्णुको पूजा वा दर्शन गरी कार्य गर्दा शुभ फल प्राप्त हुनेछ ।
धनु
सोचेअनुसार परिणाम प्राप्त नहुँदा केही निराशा हुन सक्छ । प्रियजनसँग दूरी बढ्दा मन खिन्न बन्नेछ । स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ । बेलुकातिर नयाँ ऊर्जा र उत्साहका साथ परिस्थिति अनुकूल बन्दै जानेछ । आज भगवान् श्रीकृष्णको स्मरण गरी कार्य प्रारम्भ गर्दा बाधा कम हुँदै सफलता प्राप्त हुनेछ ।
मकर
मनमा शान्ति र आत्मसन्तुष्टिको अनुभूति हुनेछ । सामाजिक तथा नेतृत्वदायी क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । साहस र आत्मबल बढ्नेछ । प्रियजनको साथले काममा सहजता आउनेछ । व्यवसाय तथा शिक्षाको क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । आज भगवान् शिवको अभिषेक वा दर्शन गरी कार्य गर्दा उल्लेखनीय सफलता मिल्नेछ ।
कुम्भ
व्यक्तित्वमा आकर्षण बढ्नेछ र व्यवहारले अरूको मन जित्नुहुनेछ । नजिकका व्यक्तिको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । आफ्नो कार्यक्षेत्रमा प्रभाव विस्तार हुनेछ । वैदेशिक यात्रा तथा अचल सम्पत्तिसम्बन्धी अवसर प्राप्त हुन सक्छ । आज भगवान् शनिदेवको स्मरण गरी कार्य गर्दा शुभ परिणाम प्राप्त हुनेछ ।
मीन
कठिन ठानिएका कामहरू पनि सहज रूपमा सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यमा उल्लेखनीय सफलता मिल्नेछ । रोकिएका योजना पुनः अघि बढ्नेछन् । घर, जग्गा वा सम्पत्तिसम्बन्धी कार्य अनुकूल रहनेछ । प्रेम जीवनमा पनि मधुरता कायम रहनेछ । आज भगवान् सूर्यनारायणलाई अर्घ्य अर्पण गरी कार्य गर्दा विशेष लाभ मिल्नेछ ।
-ज्योतिषाचार्य / वास्तुविद् (पण्डित नारायणप्रसाद दुलाल)
प्रतिक्रिया 4