+
+
Shares

नगर प्रहरीलाई मन्त्री लम्सालले भने– मनोबल नघटाउनुहोला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूलाई मनोबल कमजोर नबनाउन आग्रह गर्नुभयो ।
  • मन्त्री लम्सालले भन्नुभयो, 'काठमाडौं महानगरपालिकाको नगर प्रहरीहरू मनोबल नघटाउनुहोला, हजुरहरूको कारणले कयौं एम्बुलेन्स छिटो अस्पताल पुगेका छन् ।'
  • उनले महानगर प्रहरीको मनोबल गिर्दा थप व्यक्तिले ज्यान गुमाउनुपरेको आशंका गर्दै सरकार उनीहरूको पक्षमा रहेको उल्लेख गरे ।

३०, असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन् ।

मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनापछि सडकमा नदेखिएका नगर प्रहरीलाई मन्त्री लम्सालले मनोबल कमजोर नबनाउन आग्रह गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाको नगर प्रहरीहरू मनोबल नघटनाउनुहोला,’ मंगलबार संसद बैठकमा मन्त्री लम्सालले भने, ‘हजुरहरूको कारणले कयौं एबुलेन्स छिटो हस्पिटल पुगेका छन् । कयौंले ज्यान जोगाउनुभएको छ ।’

उनले महानगर प्रहरीको मनोबल गिरेका कारण कति जनाले ज्यान गुमाइसकेको समेत आशंका गरे ।

‘हजुरहरूको मनोबल गिरेको भएर अहिले फेरिक कति जनाले ज्यान पनि गुमाइसक्नुभयो होला,’ उनले भने, ‘कसैले यहाँ बोलको चैं छैन ।’

पूर्वाधार विकासमन्त्री लम्सालले सरकार महानगर प्रहरीको साथमा रहेको पनि बताए ।

‘आफ्नो जिम्मेबारी राम्रोसँग पूरा गर्नुहोला । हामी हजुरहरूको पक्षमा छौं । साथमा छौं,’ उनले भने ।

मन्त्री लम्सालले परिवर्तन हुन केही समय लाग्ने भएकाले आशावादी रहन पनि आग्रह गरे ।

‘परिवर्तन हुन केही समय लाग्छ । आशावादी रहनुहोला,’ उनले भने, ‘हामी एकदम फरक तरिकाले काम गर्दैछौं । सबै मिलेर देश बनाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?