+
+
Shares

रातो पासपोर्ट दुरुपयोगमा संविधानसभाका तीन सदस्य दोषी ठहर

उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा संविधानसभाका तीन सदस्यलाई कसुरदार ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग गरी कागजात किर्ते गरेको अभियोगमा तीन पूर्वसभासद्लाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको छ ।
  • सोही प्रकरणमा बिचौलियाको भूमिका खेलेका पाँच जनालाई एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैयाँ जरिबाना हुने जिल्ला अदालतको फैसला पनि सदर भएको छ ।

३० असार, काठमाडौं । उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा संविधानसभाका तीन सदस्यलाई कसुरदार ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको छ ।

न्यायाधीशहरू खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको इजलासले  २०६४ सालको संविधान सभाका सभासदहरू गायत्री साह, विश्वनाथप्रसाद यादव, शिवपुजन राय लगायतलाई कसुदार ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । साह नेपाली जनता दल, यादव तत्कालीन मधेशी जनाधिकार फोरम र राय तत्कालीन नेकपा माओवादीबाट सभासद बनेका थिए ।

जिल्ला अदालत काठमाडौंले २१ जेठ, २०७१ मा उनीहरुलाई कसुरदार ठहर गरेको थियो । उनीहरुमाथि पाँच महिना कैद र पाँच सय रुपैंयाका दरले जरिवानाको फैसला भएको थियो ।

रातो पासपोर्ट प्रकरणमा बिचौलियाको भूमिका खेलेको आरोपमा थप पाँच जना दोषी ठहर भएका छन् । उच्च अदालत पाटनले डिलबहादुर घर्ती, गोपाल बानियाँ, पृथ्वी छन्त्याल, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई सरकारी कागजात किर्ते गरेको आरोपमा एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैंया जरिवानाको फैसला सदर गरेको हो ।

उनीहरूमाथि शुरुमा भ्रष्टाचार मुद्दा चलिसकेको थियो । विशेष अदालतले सभासदहरू शिवपुजन राय, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गरेको थियो । उनीहरूलाई तीन महिनाका दरले कैद र १५ हजार रुपैयाँका दरले जरिवाना भएको थियो ।

त्यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन छ । पूर्वसांसदहरूका कानुन व्यवसायीहरुले कीर्तेको मुद्दा उच्च अदालतमा विचाराधीन भएकाले सुनुवाइ अघि नबढाउन माग गरेपछि सर्वोच्च अदालतले मुद्दालाई मुल्तवीमा राखेको थियो ।

यसअघि भूलवस शिवपुजन यादव हुनुपर्नेमा अन्यथा हुन पुगेकाले क्षमायाचनासहित सच्याएका छौं- सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?