News Summary
Generated by OK AI. Editorially reviewed.- सन्धिखर्क नगरपालिका–५ का वडा अध्यक्ष ऋषव अधिकारीको ६१ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ।
- अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै सन्धिखर्क नगरपालिकाले असार ३१ गते एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।
- नगरपालिकाअन्तर्गतका कार्यालय, विद्यालय र सम्पूर्ण निकायमा शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले जानकारी दिनुभयो।
३० असार, अर्घाखाँची । सन्धिखर्क नगरपालिका–५ का वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्य ऋषव अधिकारीको असामयिक निधनप्रति दु:ख व्यक्त गर्दै सन्धिखर्क नगरपालिकाले एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ ।
वडा अध्यक्ष अधिकारी केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए ।
उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल, महाराजगञ्जमा उपचाररत रहेका उनी स्वास्थ्यमा थप जटिलता आएपछि मंगलबार बिहान ६ बजे ६१ वर्षको उमेरमा निधन भएको हो ।
नगर कार्यपालिकाको मंगलबारे बसेको बैठकले असार ३१ गते भोली एक दिन नगरपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा मातहतका सम्पूर्ण निकायमा सार्वजनिक शोक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4