+
+
Shares

तसलीमा नसरीन आगामी महिना कोलकाता फर्किने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते ७:१८

३१ असार, काठमाडौं । बंगलादेशकी निर्वासित लेखिका तसलीमा नसरीन आगामी महिना कोलकाता फर्किने भएकी छिन्।

उनी करिब दुई दशकअघि आफ्ना लेखहरूको विरोधमा भएको हिंसक प्रदर्शनपछि कोलकाता छोड्न बाध्य भएकी थिइन्। समाचार एजेन्सी पीटीआईका अनुसार यो फिर्तीलाई राजनीतिक रूपमा पनि महत्त्वपूर्ण मानिएको छ।

पश्चिम बंगालको बीजेपी सरकारले यसलाई धार्मिक कट्टरताको अगाडि लामो समयसम्म भएको कथित झुकावबाट आएको बदलावको संकेतका रूपमा प्रस्तुत गरिरहेको छ।

तसलीमा नसरीनले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएकी छिन्। उनी आगामी अगस्ट १ तारिखमा कोलकाताको रवीन्द्र सदनमा आयोजना हुने एउटा साहित्यिक कार्यक्रममा सहभागी हुनेछिन्।

यो कार्यक्रममा उनले कविता पाठ पनि गर्नेछिन्। धर्मनिरपेक्ष र कट्टरतावाद विरोधी संगठनहरूको समूहले यो कार्यक्रमको आयोजना गरेको हो। यो कार्यक्रमको महत्त्व साहित्यमा मात्र सीमित नभएको मानिएको छ।

तसलीमा नसरीन सन् १९९४ मा कट्टरपन्थीहरूबाट धम्की आएपछि बंगलादेशबाहिर बस्दै आएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?