+
+
Shares

प्रदेशमा प्रतिपक्षीविहीन हुने गरी तीन दल मिल्नु हुँदैन : कांग्रेस

कांग्रेस सभापति गगन थापाले प्रदेशमा कांग्रेस, एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बनाउने प्रस्ताव आएको तर त्यसलाई स्विकार्न नसकिने बताए । सरकार गठन हुन नसकेको अवस्थामा दुई दल मिल्नु वाध्यता हुने उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १३:५२
कांग्रेस सभापति गगन थापा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले तीन ठूला दल मिलेर प्रदेश सरकार बनाउँदा संसद प्रतिपक्षविहीन हुने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको छ ।
  • कांग्रेस महामन्त्री प्रदीप पौडेलले सत्ता गठबन्धनमा रहेर एमालेले बजेटमा असहयोग गरेको आरोप लगाउँदै सहकार्य टुंगिएको स्पष्ट पार्नुभयो ।
  • सुदूरपश्चिम र कर्णाली प्रदेशमा दुई दलबीचको विवादका कारण मन्त्रीहरूले राजीनामा दिने र बर्खास्त गर्ने क्रम सुरु भएको छ ।

३२ असार, काठमाडौं । नेपाली कांग्रेसले तीन दल मिलेर प्रदेशमा सरकार बनाउँदा संसद प्रतिपक्षविहीन हुने हुँदा उक्त प्रस्तावलाई स्विकार्न नसकिने स्पष्ट पारेको छ ।

कांग्रेस सभापति गगन थापाले प्रदेशमा कांग्रेस, एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बनाउने प्रस्ताव आएको तर त्यसलाई स्विकार्न नसकिने बताए । सरकार गठन हुन नसकेको अवस्थामा दुई दल मिल्नु वाध्यता हुने उनले बताए ।

‘प्रदेश सरकारमा प्रतिपक्ष नै नहुने गरी तीनवटै ठूला दल मिलेर सरकार बनाउनु अलोकतान्त्रिक हुन्छ,’ सभापति थापाले अनलाइनखबरसँग भने, ‘यस्तो अवस्थामा बरु एमाले र माओवादी मिलेर सरकार बनाए हुन्छ, हामी सरकार बाहिरै बस्छौं । सत्तामा टिक्नका लागि जोसँग जे पनि सम्झौता गर्ने दिन अब गए ।’

प्रदेश सरकारमा सहकार्यले निरन्तरता नपाउनुको कारण नेकपा एमाले रहेको कांग्रेसको बुझाइ छ । सुुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले ल्याएको बजेटमा एमालेले असहयोग गरेपछि दुई दलको सहकार्यमा समस्या उत्पन्न भएको थियो ।

सत्ता गठबन्धनमा बसेर सरकारले ल्याएको बजेटको अपनत्व एमालेले नलिएको महामन्त्री प्रदीप पौडेलले बताए । ‘सुदूरपश्चिममा विपक्षीका कारणले सरकारलाई समस्या परेको होइन । एमालेबाट बजेट पुनर्लेखनको माग राखियो,’ महामन्त्री पौडेलले भने, ‘बजेट पुनर्लेखनका लागि समय पनि थिएन । सत्ता गठबन्धनमा रहेर हामीले अरुतिर एमालेका मुख्यमन्त्री कहीँ पनि अप्ठेरो पारेनौं ।’

प्रदेश सरकार हेरफेर र सुदूरपश्चिममा दुई दलमा उत्पन्न विवाद समाधानका लागि छलफल गर्न कांग्रेसका शीर्ष तहका नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । एमाले अध्यक्ष ओली प्रदेश सरकारमा नेकपालाई पनि सहभागी गराउने पक्षमा थिए । नेकपालाई सरकारमा सहभागी गराउँदा संसद प्रतिपक्ष विहीन हुने भन्दै दुई दलले मात्रै सत्ता सहकार्य गर्न उपयुक्त हुने कांग्रेसको तर्क थियो । तीन दलीय गठबन्धन गरेर सरकार गठन नहुने कांग्रेसले स्पष्ट पारेको छ ।

कांग्रेसले एमालेसँग सत्ता सहकार्य टुंगिएको निष्कर्ष निकालेको छ । नेकपासँग सहकार्य भने विकल्प भने कायम राखेको छ । प्रदेशका प्रमुख दुई दलमा सत्ता सहकार्यमा समस्या भएपछि मन्त्रीहरुले राजीनामा दिने र मुख्यमन्त्रीले बर्खास्त गर्ने क्रम सुरु भएको छ ।

एमालेबाट सरकारको नेतृत्व रहेको कर्णालीमा कांग्रेसका चार मन्त्रीले राजीनामा दिइसकेका छन् भने सुदूरपश्चिममा कांग्रेसका मुख्यमन्त्री बनेका कमलबहादुर शाहले एमालेका मन्त्री बर्खास्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?