+
+
Shares

काठमाडौंमा जगन्नाथ रथयात्रा (तस्वीरहरू)

रथयात्रा महोत्सवका क्रममा भक्तजनहरूले भगवान्‌को नाममा कीर्तन गरेर आराधना गरी मनाउने गर्छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असार ३२ गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले काठमाडौंमा ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सवको आयोजना गरेको छ ।
  • काठमाडौंको कमलादीबाट सुरु भएको उक्त रथयात्रा टुँडिखेलसम्म पुगेको छ ।
  • भगवान् जगन्नाथ, बलराम र सुभद्राको मूर्तिलाई भव्य रथमा राखी नगर परिक्रमा गराउने धार्मिक परम्परा रहेको छ ।

३२ असार, काठमाडौं । ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनको आयोजनामा बिहीबार काठमाडौंको कमलादीबाट टुँडिखेलसम्म जगन्नाथ रथयात्रा आयोजना गरिएको हो ।

रथयात्रा महोत्सवका क्रममा भक्तजनहरू भगवान्‌को नाममा कीर्तन गरेर आराधना गरी हर्षोल्लासपूर्ण विधिले उत्सव मनाउने गरिन्छ ।

जगन्नाथ रथयात्राको मूल आकर्षण भगवान् जगन्नाथ, बलराम र सुभद्रालाई विशेष रूपमा सजाइएको भव्य रथमा विराजमान गराइ नगर परिक्रमा गराउने ऐतिहासिक तथा धार्मिक परम्परा छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?