News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसद्का सांसदहरूले अब स्वकीय सचिव नियुक्त गरी सचिवालयबाट तोकिएको सुविधा प्राप्त गर्ने भएका छन् ।
- सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न महासचिवलाई सम्बोधन गरी निर्धारित ढाँचामा फारम भरेर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
- नियुक्त हुने स्वकीय सचिवको व्यक्तिगत विवरण, शैक्षिक योग्यता, बैंक खाता र नागरिकतासहितको विस्तृत विवरण फारममा उल्लेख गर्नुपर्नेछ ।
३२ असार, काठमाडौं । सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने भएका छन् । यसका लागि सांसदहरूले स्वकीय सचिव नियुक्त गरेर त्यससम्बन्धी फारम भरेर संसद् सचिवालयमा बुझाउनुपर्छ ।
संसद् सचिवालयले ‘स्वकीय कर्मचारी र परिचारक नियुक्तिका लागि भर्नुपर्ने फारम विवरण’ वेबसाइटमै राखेको छ ।
जसअनुसार सांसदहरूले संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरेर फारम भर्नुपर्छ ।
जसमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम आफ्नो स्वकीय कर्मचारी परिचारक नियुक्त गरेको भनेर स्वकीय सचिवको नाम लेख्नुपर्छ । साथै, त्यसरी नियुक्त गरेको स्वकीय सचिवको परिचयपत्र बनाइदिन र पारिश्रमिकको व्यवस्था गरिदिनहुन अनुरोध गर्नुपर्दछ ।
विवरणमा स्वकीय सचिवको नाम र थर, जन्ममिति भर्नुपर्छ । फोटो साथमा राख्नुपर्छ । लैंगिकता खुलाउनुपर्छ । नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, प्रदेश, स्थानीय तह र वडा खुलाउनुपर्छ ।
यसैगरी अस्थायी ठेगाना पनि खुलाउनुपर्छ ।
स्वकीय सचिव नियुक्तिको फारम विवरण अनुसार शैक्षिक योग्यता खुलाउनुपर्छ ।
अनि नियुक्त भएको पद खुलाउनुपर्छ । स्वकीय सचिवले सोही पद खुलाउने गरी फारम तयार छ ।
स्वकीय सचिव परिवर्तन गरेपछि वा हटाउनुपरेको अवस्थामा त्यससम्बन्धी विवरण भर्ने गरी समेत फारम व्यवस्थित गरिएको छ ।
नियुक्ति मिति कहिले हो, पारिश्रमिक प्राप्त गर्ने बैंकको नाम के हो, खाता नम्बर कति हो यो पनि खुलाउनुपर्छ ।
साथै, स्वकीय सचिवले स्थायी लेखा नम्बर, मोबाइल नम्बर, वैवाहिक स्थिति पनि खुलाउनुपर्छ ।
हेर्नुहोस् फारम :

प्रतिक्रिया 4