News Summary
Generated by OK AI. Editorially reviewed.- हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ का लागि उत्कृष्ट १० जना फाइनलिस्ट र्यापर छनोट भएका छन्।
- पोखरा, बुटवल, इटहरी, काठमाडौँ र सिलिगुडीमा भएको अडिसनमार्फत कालु म्यानसहित १० जना र्यापर अघिल्लो चरणमा प्रवेश गरेका हुन्।
- शोको विजेताले १० लाख रुपैयाँ नगद, विश्व भ्रमणको अवसर तथा ब्रान्ड इन्डोर्समेन्ट प्राप्त गर्ने आयोजकले जनाएको छ।
काठमाडौं । हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० जना फाइनलिस्ट र्यापरहरू छनोट भएका छन् ।
जसमा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी छन् ।
पोखरा, बुटवल, इटहरी, काठमाडौँ र भारतको सिलिगुडीमा आयोजित प्रारम्भिक अडिसनपछि आयोजित फिजिकल अडिसनबाट ती र्याप गायकहरू छनोट गरिएको प्रेषित विवरणमा उल्लेख छ ।
सबै प्रतिस्पर्धीले भिन्न शैली, दमदार फ्लो, सिर्जनात्मक लेखन र प्रभावशाली स्टेज प्रस्तुतिमार्फत निर्णायक र दर्शकको मन जितेको जनाइएको छ । आगामी एपिसोडमा उनीहरूबीचको प्रतिस्पर्धामा पेचिलो हुने अनुमान छ ।
रेड बुलको प्रस्तुतिमा निर्माण भइरहेको शोको सिजन ३ ले नेपाली हिपहप क्षेत्रमा नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ । ‘नेपहपको श्रीपेच’ सिजन ३ हरेक मङ्गलवार र बुधवार एपीवान टेलिभिजन तथा ओएसआर रियालिटीमार्फत प्रसारण हुँदै आएको छ ।
विजेताले १० लाख रुपैयाँ नगद, विश्व भ्रमणको अवसर तथा ब्रान्ड इन्डोर्समेन्ट प्राप्त गर्ने जनाइएको छ । उपविजेताले ५ लाख रुपैयाँ नगदसहि विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।
दामी मिडियाले निर्माण गरिरहेको रहेको शोमा भ्योमा, मानस घले, यू एन्ड बी र योद्धा निर्णायकको रुपमा छन् ।
प्रतिक्रिया 4