+
+

कार्यालयमा नबस्ने कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा अंक काटिने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते ७:१०

karmacharri२ कार्तिक, काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारदेखि जिल्ला तहसम्मका अधिकांश कर्मचारी कार्यालयमा कम बस्ने गरेका छन् । कर्मचारीलाई कार्यालयको कामप्रति बढी जिम्मेवार बनाउन सरकारले निजामति सेवा ऐन संशोधन तयारी गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार कार्यालयमा बिहान हाजिर गरेर निजी काममा निस्कने प्रवृत्ति कर्मचारीमा बढी छ । यो रोग केन्द्रदेखि जिल्लासम्म रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सहरी क्षेत्रमा रहेको धेरैजसो कर्मचारी कार्यालय समयमा पढाउन जाने, कन्सल्ट्यान्सी गर्ने तथा कार्यालय समयमा गोष्ठी तथा सेमिनारमा जाने गर्छन् ।  उनीहरुले दिउँसो आफ्नो काम गरेपछि अपराह्न साढे चारदेखि पाँच बजेभित्र कार्यालय फर्केर हाजिर गर्ने गरेको अध्ययनमा पाइएको नयाँ पत्रिकामा खबर छ ।
व्यवस्थापिका संसदमा पुगेको निजामती सेवा ऐन चौथो संशोधन विधेयकमा कर्मचारीलाई अन्य काम गर्न प्रतिबन्ध लगाउने उल्लेख छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अधिकांश कर्मचारी कामचोर पाइएकाले कर्मचारीलाई बाहिरी काम गर्न निषेध गर्नेगरी कानुन बनाउन लागेको बताए । ‘कतिपय कर्मचारीले त आफ्नो पदीय जिम्मेवारी पनि बिर्सने गरेका छन्,’ मन्त्री पण्डितले भने, ‘जनतालाई सेवा दिनेभन्दा व्यक्तिगत काममा लिप्न हुने गरेको पाइएकाले प्रतिबन्ध लगाउन लागिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?