News Summary
Generated by OK AI. Editorially reviewed.- पाँच साउन मंगलबारदेखि काठमाडौं उपत्यकासहित देशभरको मौसममा सुधार आएको छ ।
- निरन्तरको वर्षापछि उपत्यकाका नदीहरूमा बढेको बहाव मंगलबार पानी पर्न कम भएसँगै घट्न थालेको छ ।
- हाल मनसुनी वायुको प्रभाव कायम रहेको भन्दै सरकारी निकायले वर्षा र हिमपातको जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
५ साउन, काठमाडौं । निरन्तरको वर्षापछि मंगलबार काठमाडौं उपत्यकाको आकाश खुल्दै गएको छ ।
गत बिहीबारदेखि निरन्तरको वर्षाले काठमाडौंसहित देशभरको मौसम धुम्म थियो । मंगलबार दिउँसोदेखि भने मौसम सफा हुँदै गएको छ ।
काठमाडौंका नदीमा पनि वर्षासँगै बहाव ह्वात्तै बढेको थियो । यद्यपि मंगलबार पानी पर्न कम भएसँगै नदीको बहाव पनि कम हुँदै गएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
यो समयमा हुनसक्ने वर्षा र हिमपातको सम्भावनालाई ख्याल गर्दै उच्च सतर्कता अपनाउन सरकारी संस्थाहरूले आग्रह गरिरहेका छन् ।
थप तस्वीरहरू–










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4