+
+
Shares

डा. केसीलाई भेट्न सरकारी वार्ता टोली सेती प्रादेशिक अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका डा. गोविन्द केसीलाई भेट्न सरकारी वार्ता टोली अस्पताल पुगेको छ।
  • डा. जेपी अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडौल सम्मिलित टोलीले केही बेरमा डा. केसीसँग वार्ता गर्नेछ।
  • सरकारी टोलीका सदस्यहरू शनिबार नै धनगढी पुगेको डा. केसीका सहयोगी डा. अमृत जैशीले जानकारी दिएका छन्।

१० साउन, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पताल पुर्‍याइएका प्राडा गोविन्द केसीलाई भेट्न सरकारी वार्ता टोली अस्पताल पुगेको छ ।

डा. जेपी अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडौल अन्तरिक छलफलपछि डा. केसीलाई भेट्न सेती अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार समेत रहेका जेअग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. देवकोटा र  सचिव पौडेल शनिबार नै धनगढी पुगेका थिए ।

सरकारी वार्ता टोलीले डा. केसीसँग केहीबेरे पछि वार्ता गर्ने डा. केसीका सहयोगी डा. अमृत जैशीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?