+
+
Shares

नेपाल आयो नयाँ विशेषताको टाटा पन्च एसयूभी, नाइमा एक्स्पोमा सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाटा मोटर्सले अत्याधुनिक फिचर्स र ठूलो ब्याट्री क्षमतासहितको नयाँ टाटा पन्च ईभी नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ।
  • आगामी नाडा अटो शो २०२६ मा औपचारिक रूपमा प्रदर्शनी गरिने यस गाडीमा परिष्कृत डिजाइन र प्रिमियम इन्टेरियर सुविधा थपिएको छ।
  • उच्च ग्राउण्ड क्लियरेन्स र सुरक्षाका कारण लोकप्रिय बनेको टाटा पन्चको नयाँ संस्करणले लामो दूरीको यात्रालाई थप सहज बनाउने कम्पनीले जनाएको छ।

१७ साउन, काठमाडौं । नेपाली अटोमोबाइल बजारमा उल्लेखनीय सफलता हासिल गरेको टाटा पन्च थप आकर्षक स्वरूपमा आएको छ।

ठूलो ब्याट्री, अझै बढी अत्याधुनिक फिचर्स, परिष्कृत डिजाइन तथा एसयूभी अनुभवलाई थप सशक्त बनाउँदै नयाँ टाटा पन्च ईभी नेपालमा आएको छ । आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा औपचारिक रूपमा गाडी सार्वजनिक गरिने भएको हो।

यस संस्करणमा लामो दूरीको यात्रा सहज बनाउने ठूलो ब्याट्री, आधुनिक प्रविधि, प्रिमियम इन्टेरियर, चार्जिङ क्षमता, तथा सुरक्षा सुविधाहरू थप गरिएको छ।

नेपाली बजारमा टाटा पन्चले आफ्नो उत्कृष्ट सुरक्षा, उच्च ग्राउण्ड क्लियरेन्स, कम्प्याक्ट एसयूभी डिजाइन तथा सहज ड्राइभिङ अनुभवका कारण छोटो समयमै लोकप्रियता हासिल गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?