+
+
Shares

कोशीमा जीवन आचार्यसहित नेकपाले छान्यो ४ मन्त्री

नेकपाले सोमबार दिउँसोको आन्तरिक छलफलपछि ४ मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने चार मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको छ।
  • नेकपा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्य, गीता तिम्सिना, गोम्बु शेर्पा र खिनु लङ्वा लिम्बु मन्त्री बन्ने भएका छन्।
  • भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी सपना दर्जीलाई दिने निर्णय गरिएको छ र सपथ ग्रहण आजै अपरान्ह ४ बजे हुनेछ।

१ भदौ, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ ।

आन्तरिक छलफलपछि सोमबार दिउँसो ४ मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो ।

नेकपा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । उनी अघिल्लोपटक पनि मन्त्री थिए । आचार्य नेकपा संयोजक प्रचण्डका छोरीज्वाइँ हुन् ।

गीता तिम्सिनालाई सामाजिक विकास मन्त्री बनाइने भएको छ । गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । खिनु लङ्वा लिम्बुलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने छिन् ।

सपना  दर्जीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइने छ ।

नयाँ मन्त्रीको सपथ आजै अपराह्न ४ बजे गर्ने तयारी रहेको प्रदेश इञ्चार्ज राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?