+
+
Shares

आकस्मिक समयमा चुनावको कुरा गरेपछि रास्वपा सांसदलाई सभामुखले रोके

प्रतिनिधिसभामा आकस्मिक समयमा स्थानीय तहको चुनावको कुरा गरेपछि सभामुख डोल प्रसाद अर्यालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेललाई रोकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभामा आकस्मिक समय माग गरी चुनावको विषय उठाउन खोज्दा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेललाई रोकेका छन्।
  • सभामुख अर्यालले सांसद खरेलले उठाएको विषय आकस्मिक प्रकृतिको नभएको भन्दै नियमावलीअनुसार बस्न निर्देशन दिए।

१ भदौ, काठमाडौं । प्रतिनिधिसभामा आकस्मिक समयमा चुनावको कुरा गरेपछि सभामुख डोल प्रसाद अर्यालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेललाई रोकेका छन् ।

आकस्मिक समय मागेर उनले रास्वपाले स्थानीय तह र प्रदेश सभाको चुनावलाई लक्षित गरेर क्यान्डिडेट क्लब सुरु गरेको विषय उठाए । यस निम्ति पार्टीलाई धन्यवाद दिए ।

प्रदेश सभा र संघीय संसद्को विषयमा केही राख्न खोज्दै थिए । सभामुख अर्यालले रोके ।

‘माननीय सदस्यले आकस्मिक समय माग्नुभएको थियो । त्यसकारणले माननीय सदस्यको यो विषय कहीँ पनि आकस्मिक देखिँदैन । त्यसकारण बसौं माननीय सदस्य’ सभामुखले भने ।

त्यसपछि रास्वपा सांसद खरेल बसे ।

प्रतिनिधिसभा नियमावलीको नियम १५ मा आकस्मिक, शून्य र विशेष समय सम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ ।’

आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने व्यवस्था यसैमा छ ।

तर सांसद खरेलले उठाएको विषय प्रतिनिधिसभा नियमावलीको यो नियम अनुसार आकस्मिक समयमा नपरेको भनेर सभामुख अर्यालले रोकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?