+
+
Shares

प्रख्यात ‘कन्ट्री’ गायिका तथा अमेरिकी सांगीतिक दूत जेसिका लिन काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी कन्ट्री गायिका तथा गीतकार जेसिका लीन भदौ ८ देखि १३ गतेसम्म काठमाडौँमा नेपाली सङ्गीतकर्मीहरूसँग व्यावसायिक आदानप्रदान र सहकार्यमा सहभागी हुँदैछिन्।
  • अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरो प्रायोजित ‘आट्र्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रममा गीत लेखन, डिजिटल प्लेटफर्म, प्रतिलिपि अधिकार र साङ्गीतिक व्यवसायबारे सत्र हुनेछन्।
  • कार्यक्रमको समापन भदौ १३ गते ललितपुरको पुलचोकस्थित ‘द प्लाजा’मा सार्वजनिक कन्सर्टसँग हुनेछ, जहाँ जेसिका लीनसहित रातो रानी, उजन शाक्य र किरण नेपालीले प्रस्तुति दिनेछन्।

काठमाडौँ । ‘कन्ट्री’ विधाकी प्रख्यात अमेरिकी गायिका तथा गीतकार जेसिका लीन नेपाली सङ्गीतकर्मी तथा सङ्गीत उद्योगका पेशाकर्मीसँग सप्ताहव्यापी व्यावसायिक आदानप्रदान, मार्गदर्शन तथा सहकार्यका लागि काठमाडौँ आइपुगेकी छिन् ।

भदौ ८ देखि १३ गतेसम्म चल्ने यो कार्यक्रम अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आट्र्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको एक हिस्सा हो ।

गीत लेखन, साङ्गीतिक व्यवसाय, डिजिटल प्लेटफर्म, प्रतिलिपि अधिकार र बृहत्तर सङ्गीत उद्योगमा केन्द्रित अन्तरक्रियात्मक सत्रहरूमार्फत लीन यस हप्ताभरि नेपाली गायक-गायिका, सङ्गीतकार, गीतकार, निर्माता, कलाकार व्यवस्थापक र अन्य साङ्गीतिक पेसाकर्मीसँग संलग्न हुनेछिन् । नेपाली कलाकार तथा पेशाकर्मीले बजार, श्रोता–दर्शक र अमेरिकी सङ्गीत उद्योगका समकक्षीसँग सहकार्यका अवसरहरूबारे नयाँ दृष्टिकोण हासिल गर्नेछन् ।

नेपालको साङ्गीतिक क्षेत्रको विस्तार हुँदै गर्दा, यहाँको सर्जक समुदायलाई यस उद्योगसम्बद्ध अन्तर्राष्ट्रिय दृष्टिकोणसँग जोड्दा बृहत्तर बजार र श्रोता–दर्शकसँग यस क्षेत्रको सम्बन्ध अझ मजबुत बन्न सक्छ ।

‘अमेरिका र नेपालबिचको साझेदारी कलाको क्षेत्रसम्म पनि फैलिएको छ र यसै साल अमेरिकी स्वतन्त्रताको २५० वर्षको उत्सव मनाउँदै गर्दा अमेरिकी सांस्कृतिक उत्कृष्टता बाँड्न पाउँदा हामी गौरवान्वित छौँ’ लिनको आगमनबारे कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले भनेका छन्, ‘सङ्गीत हाम्रा दुई देशका जनतालाई जोड्ने एक शक्तिशाली माध्यम हो । अमेरिकी र नेपाली कलाकार तथा श्रोता-दर्शकलाई एकअर्काबाट सिक्ने, आफ्ना दृष्टिकोणहरू बाँड्ने र सार्थक व्यावसायिक सम्बन्धहरू निर्माण गर्ने अवसर सृजना गर्दै नेपालको बढ्दो उद्योगधन्दाको आर्थिक वृद्धि र सिर्जनात्मकतामा योगदान दिन पाउँदा हामीलाई खुसी छ ।’

‘आट्र्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको समापन भदौ १३ गते शनिवार ललितपुरको पुलचोकस्थित ‘द प्लाजा’ सम्मेलन केन्द्रमा एक सार्वजनिक कन्सर्टका साथ हुनेछ । कन्सर्टमा जेसिका लीनका अतिरिक्त नेपाली कलाकार रातो रानी र उजन शाक्यका पनि प्रस्तुति रहनेछन् ।

 लीन र प्रख्यात सारङ्गीवादक एवं अमेरिकी सरकारी आदानप्रदान कार्यक्रमका पूर्वसहभागी किरण नेपालीको विशेष ‘फ्युजन’ प्रस्तुति पनि उक्त साँझमा समाविष्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?