+
+
Shares

धुर्मुस–सुन्तलीले अमेरिकाबाटै ल्याउने भए हाँस्य सिरियल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाको नर्थ क्यारोलाइनामा नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ निर्माण गरेका छन्।

चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामै नयाँ हास्य सिरियल निर्माण गरेका छन् । अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ।

सिरियलका निर्देशक सीताराम कट्टेलका अनुसार नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायत विभिन्न स्थानमा सिरियलको छायांकन गरिएको छ । धुर्मुस–सुन्तली मिडियाले निर्माण गरेको यो सिरियल हरेक साता शुक्रबार नेपाली समय साँझ ८.१५ बजे प्रसारण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

धुर्मुस सुन्तली युटुब च्यानलबाट आउने यो श्रृंखला अमेरिकामा भने शुक्रबार बिहान १०.३० बजे प्रशारण हुनेछ । ‘म त मर्छु किब क्या हो’ नाम धुर्मुसको विगतमा चर्चित बनेको संवाद तथा थेगोबाट लिइएको हो।

सिरियलमा सीताराम र कुञ्जना धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनेछन् । उनीहरूकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्र समेत मुख्य भूमिकामा देखिँदैछन्। ‘होस प्रसाद’, ‘मिस्टर फन्टुस’ लगायत एक समयका लोकप्रिय हास्य कार्यक्रममा कलाकार तथा निर्देशकका रूपमा परिचित मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन् ।

सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाँई चुडा धिमाल, धर्म भारतीलगायत कलाकारको अभिनय देख्न सकिनेछ । सिरियलमा सीताराम र कुञ्जनाले छोरी सुबिहानी कट्टेललाई पनि बाल कलाकारको रुपमा डेब्यु गराएका छन् ।

राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन रहेको छ।

सिरियल केवल मनोरञ्जनमा मात्र सीमित नरहने निर्माण पक्षले जनाएको छ । यसले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता, उपलब्धि, अवसर र चुनौतीसँगै यहाँको जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, नेपाली समुदायका गतिविधि तथा प्रवासी जीवनका विविध अनुभव र कथालाई हास्यव्यंग्यात्मक ढंगले प्रस्तुत गर्नेछ।

अमेरिकामा बसाइँ सरेपछि नेपाली समुदायले भोग्ने भाषिक, सामाजिक र सांस्कृतिक चुनौती, काम र व्यवसायको अनुभव, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच तथा नेपालीपन जोगाउने प्रयासजस्ता विषयलाई पनि कथावस्तुमा समेट्ने तयारी गरिएको छ । यसले विदेशमा रहेका नेपालीका दैनिक जीवनसँग जोडिएका वास्तविक परिस्थितिलाई हास्यका माध्यमबाट दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?