+
+
Shares

मेयर्स फोरमले प्रधानमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापन र आशिकाको व्यवहारबारे ध्यानाकर्षण गराउने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १२:०६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन शाहलाई भेटेर फोहोर व्यवस्थापन, सडक बत्ती शुल्क र जग्गा भोगाधिकारबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
  • फोरमले ५ भदौको बैठकमा सांसद आशिका तामाङले देखाएको व्यवहारबारे पनि प्रधानमन्त्रीसँग गुनासो गर्ने जनाएको छ।
  • फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीन वटै तहका सरकारको साझा सरोकारको विषय भएको निष्कर्ष निकालेको छ।

९ भदौ, काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन शाहलाई भेटेर फोहोर व्यवस्थापनका विषयमा अवगत गराउने भएको छ ।

मंगलबार बसेको उपत्यका मेयर्स फोरमको बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतमा ध्यानाकर्षण गराउने निर्णय भएको फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी गराए ।

प्रधानमन्त्रीसँग हुने भेटघाटमा ५ भदौमा सिंहदरवारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरूमाथि सांसद आशिका तामाङले गरेको व्यवहारबारे समेत ध्यानाकर्षण गराउने फोरमले जानकारी गराएको छ ।

प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाका प्रमुख हुँदाको बखतदेखि उपत्यका भित्रको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेप वेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनका लागि मार्ग प्रशस्त गर्न समेत फोरमको बैठकमा छलफल भएको थियो ।

उपत्यकाभित्रको फोहर व्यवस्थापन तीन वटै तहका सरकारको साझा सरोकारको विषय भएको फोरमले निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?