+
+
Shares

सञ्जय दत्त, सोनु सुद, अरुण गोविलदेखि सोनु निगमसम्म : संकटमा हामी नेपालसँगै छौं

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता सोनु सुदले सामाजिक सञ्जालमार्फत नेपाललाई खाद्यान्न, आश्रय र पुनर्निर्माणमा सघाउने वचन दिएका छन्।
  • गायक सोनु निगमले बाढीका भिडियो सेयर गर्दै नेपालका बाढी प्रभावित व्यक्ति र परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
  • अभिनेता तथा लोकसभा सांसद अरुण गोविल र अभिनेता सञ्जय दत्तले पनि बाढी प्रभावित नेपालप्रति प्रार्थना र साथको सन्देश दिएका छन्।

काठमाडौं । बाढीको कारण विपत्मा परेको नेपाललाई अहिले सबैतर्फबाट सहयोग मिलिरहेको छ । देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ भने अन्तर्राष्ट्रिय समुदायले यो कठिन परिस्थितीमा नेपाललाई साथ दिने बताइरहेका छन् ।

परोपकारी कार्यबाट चर्चित बलिउड अभिनेता सोनु सुदले विपत्को यो घडीमा नेपाललाई सघाउने वचन दिएका छन् । सामाजिक सञ्जालबाट उनले नेपाल एक्लो नरहेको उल्लेख गरेका हुन् ।

अभिनेता सुद लेख्छन्, ‘ नेपाल, तिमी एक्लो छैनौ । हामी खाद्यान्न, आश्रय र पुनर्निर्माणमा सघाउने सामथ्र्यसहित आउँदैछौं ।’

बलिउड गायक सोनु निगमले बाढीका भिडियो सेयर गर्दै नेपाल बाढी प्रभावित व्यक्ति र परिवारप्रति इश्वरसँग कामना गरेका छन् । ‘नेपालमा आइलागेको विपत् भयावह छ । प्रकृतिको अघि सबै कुरा कमजोर र बाध्यकारी हुन्छन् । नेपालका व्यक्ति र परिवारप्रति मेरो समवेदना छ । भगवान चाँडै यो परिस्थितीको अन्त्य गर्नुहोस्’ उनले लेखेका छन् ।

चर्चित अभिनेता तथा भारतको लोकसभाका सांसद अरुण गोविलले बाढी प्रभावित नेपालप्रति प्रार्थना गरेका छन् । नेपालको यो घटना सुनेर आफू मर्माहत भएको जनाउँदै गोविलले प्रभावितको सुरक्षा, सहन शक्ति र कल्याणको लागि आफूले प्रार्थना गरेको उनले जनाएका छन् ।

गोविलले भारतीय टेलिश्रृंखला ‘रामायण’मा भगवान रामको भूमिका निर्वाह गरेका थिए ।

अभिनेता सञ्जय दत्तले पनि इन्स्टाग्राम स्टोरीमार्फत आफू यस्तो कठिन परिस्थितीमा नेपालीसँगै एकसाथ उभिएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?