News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शवबाट कानको मुन्द्रा निकालेको भिडियो भाइरल भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
११ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् । शवबाट कानको मुन्द्रा निकालेको भिडियो भाइरल भएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
उनीहरूलाई पहिचान गरी जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको हो । चितवन प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् । पक्राउ परेका दुवैमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
दुई जना मिलेर लठ्ठीले घोच्दै नदीमा डुबिरहेको शव पल्टाएर कानको गाहना फुकालेको भिडियो आज बिहानैबाट भाइरल भइरहेको थियो । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्काे निन्दा भएको थियो ।
प्रतिक्रिया 4