News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सरकारले भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारका लागि राहत र उद्धारमा ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
- मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
११ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि राहत र उद्दारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश सरकारले आफ्नोतर्फबाट राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्ने बताए ।
मन्त्रिपरिषद् बैठकले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4