फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।
- आज बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
- सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले ‘भारत सरकारसँग जीटुजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।’ भनेका छन् ।
१२ भदौ, काठमाडौं । सरकारले भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिँदै छ ।
यसका लागि आज बसेको मन्त्रिपरिषद्को बैठकले कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले भनेका छन्, ‘भारत सरकारसँग जीटुजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4