+
+
Shares

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोरेकोटोको साढे १० लाख सहयोग

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै गोरेटो कन्सल्टेन्सीले साढे १० लाख रुपैयाँ सहयोग गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि गोरेटो कन्सल्टेन्सीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
  • गोरेटोका सीईओ धिरज कँडेलले आफन्त गुमाएका, घाइते भएका र घरबारविहीन नेपालीको दुःखमा राहत होस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताए।
  • बुधबार तिब्बत हुँदै नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनमा ठूलो क्षति पुर्‍याउँदै ४८९ जनाको शव फेला परेको छ।

१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै गोरेटो कन्सल्टेन्सीले साढे १० लाख रुपैयाँ सहयोग गरेको छ। बाढीका कारण सर्वस्व गुमाएकाहरूको रातह तथा उद्धारका लागि सरकारले सहयोग अपिल गरेको थियो। सोहीअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको गोरेटोका सीईओ धिरज कँडेलले जानकारी दिए।

‘हामीले ठूलो सहयोग गर्न नसके पनि आफन्त गुमाएका, घाइते भएका र घरबारविहीन बनेका नेपालीको दुःखमा सानो भए पनि राहत होस् भन्ने उद्देश्यले यो रकम हस्तान्तरण गरेका हौँ,’ उनले भने । गोरेटोका बजार प्रबन्धक तथा सिनियर काउन्सेलर प्रकाश रेग्मीले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे।

देश प्राकृतिक विपत्तिका कारण पीडामा रहेका बेला सबैको संवेदना, सहयोग र एकताले प्रभावित परिवारमा आशाको किरण ल्याउन सक्ने भन्दै गोरेटो कन्सल्टेन्सी परिवारले सहयोगका लागि सबैमा आह्वानसमेत गरेको छ।

बुधबार तिब्बत हुँदै नेपाल प्रवेश गरेको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण अहिलेसम्म ४८९ जनाको ज्यान शव भेटिएको छ। कति मान्छे बाढीमा बेपत्ता छन् भन्ने नै एकिन हुन सकेको छैन। बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?