+
+
Shares

प्रहरी चौकी बेत्रावतीका असईको शव चितवनमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीमा परेर बेपत्ता भएका रसुवास्थित प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ।
  • प्रहरीले शव पौडेलका आफन्तले सनाखत गरेर बुझेको बताएको छ।
  • १० भदौमा बाढी आएपछि पौडेल बेपत्ता भएका थिए, भने सँगैका प्रहरी सहायक हवल्दार सन्तोष रिजाल भागेर ज्यान जोगाएका थिए।

१२ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा परेर बेपत्ता भएका रसुवास्थित प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको शव फेला परेको छ ।

चितवनमा फेला परेको शव असई पौडेलका आफन्तले सनाखत गरेर बुझेको प्रहरीले बताएको छ । १० भदौमा बाढी आएपछि उनी बेपत्ता भएका थिए । सँगैका केही प्रहरीले भने भागेर ज्यान जोगाएका थिए ।

यही चौकीमा कार्यरत रहेर असई पौडेलसँगै बाढीको माइकिङ गर्दै हिंडेका प्रहरी सहायक हवल्दार सन्तोष रिजालले भागेर ज्यान जोगाएका थिए । अनलाइनखबरको सम्पर्कमा आएका उनले असई पौडेल भने बाढीमा परेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?