+
+
Shares

रवीन्द्रलाई बधाई दिँदै बालेनले भनेः राष्ट्रको गौरव

प्रधानमन्त्री बालेन शाहले रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले रोड टु युएफसीको फाइनलमा पुगेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।
  • सांघाईमा न्युजिल्यान्डका कासिब मर्डोकलाई हराएपछि रवीन्द्रले नेपालमा बाढीले गाह्रो भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।
  • बालेनले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको भन्दै रवीन्द्रलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिएका छन् ।

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको भन्दै धन्यवाद दिएका छन् ।

‘नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकोमा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद,’ उनले लेखेका छन् ।

चीनको सांघाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र फाइनलमा पुगेका थिए । जितपछि रवीन्द्रले बाढीले नेपालमा गाह्रो भइरहेको र सबैले सक्दो सहयोग गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री बालेनले रवीन्द्रको सफलता राष्ट्रकै लागि गौरवको विषय भएको बताए । ‘सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ । मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तर काम गरिरहेका छौँ,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?