+
+
Shares

परिसंघ सदस्यबाट दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख प्रदान

अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले शुक्रबार अर्थमन्त्री वाग्लेलाई परिसंघ सदस्य संस्था तथा व्यक्तिगत सहयोग स्वरूप चेक हस्तान्तरण गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग परिसंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सदस्य संस्थाबाट ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
  • अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विभिन्न संस्थाको चेक बुझाएको छ ।
  • परिसंघले सदस्य संस्था र उद्योगी–व्यवसायीलाई रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्न अनुरोध गरेको छ ।

१२ भदौ, काठमाडौं । नेपाल उद्योग परिसंघ समन्वयमा परिसंघ सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई परिसंघ सदस्य संस्था तथा व्यक्तिगत सहयोग स्वरूप चेक हस्तान्तरण गरेको छ ।

शुक्रबार अर्थमन्त्री वाग्लेलाई एमएडब्लू गु्रपबाट परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले १ करोड ११ लाख, परिसंघ गभर्निङ काउन्सिल सदस्य उद्योगी विजयकुमार शाहले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।

यस्तै जावलाखेल डिस्टिलरीबाट १ करोड, हिमालयन डिस्टिलरीबाट १ करोड, हिमालयन बुलियन कम्पनीबाट १ करोड १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

यस्तै चौधरी गु्रप र नबिल बैंकबाट १५ करोड बढीको सहयोग प्रदान भएको छ । नेपाल आदर्श निर्माण कम्पनीबाट १० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता आएको परिसंघले जनाएको छ ।

यसैगरी गुड होम प्रडक्ट्सबाट २ लाख २१ हजार, ब्रिटिस कलर इन्डस्ट्रिज २ लाख १० हजार, लाङटाङ रि ट्रेडिङबाट १ लाख १२ हजार, कास ट्रेडिङ १ लाख ११ हजार १ सय ११, सिल्भर लाइनिङ १ लाख ११ हजार १ सय ११ र ग्लोकल प्रालिबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान भएको छ ।

यसअघि परिसंघको समन्वयमा गोरखा बु्रअरीले १० करोड रुपैयाँ राहत कोषमा सहयोग गरेको छ । कोषमा आर्थिक सहयोग गर्ने क्रममा पूर्वअध्यक्ष शतिसकुमार मोर, परिसंघ वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्ष राजबहादुर शाह, राष्ट्रिय परिषद् सदस्यहरू, सहयोग गर्ने संस्थाका प्रतिनिधि, परिसंघ महानिर्देशक डा. घनश्याम ओझा लगायत सहभागी थिए ।

परिसंघले आफ्ना सदस्य संस्था, उद्योगी–व्यवसायीलाई रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सक्दो सहयोग गर्न अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?