+
+
Shares

रसुवाबाट उद्धार गरिएका बाढी पीडितलाई नागार्जुनको गुम्बामा अस्थायी सेल्टर

नागार्जुन–२ स्थित गुम्बामा हाल करिब सय बाढी पीडितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यबाहक प्रमुख सुशिला अधिकारीले जानकारी गराइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाबाट उद्धार गरी ल्याइएका बाढी पीडितलाई अस्थायी बसोबासका लागि नागार्जुन–२ स्थित येलो गुम्बामा राखिएको छ ।
  • सुरक्षाकर्मीले उद्धार गरी ल्याएका २५० जनालाई राख्ने व्यवस्था मिलाइए पनि अहिले करिब १०० बाढी पीडित गुम्बामा छन् ।
  • नेपाल रेडक्रस सोसाइटीले ५० थान मण्डी र ५० थान म्याट्रेस उपलब्ध गराएको छ, र नगरपालिकाले स्वास्थ्य टोली खटाएको छ ।

१३ भदौ, काठमाडौं । रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुनस्थित येलो गुम्बामा राखिएको छ ।

सुरक्षाकर्मीले उद्धार गरी ल्याएका दुई सय पचासलाई येला गुम्बामा राख्नेगरी व्यवस्था मिलाइएको छ । नागार्जुन–२ स्थित गुम्बामा हाल करिब सय बाढी पीडितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यबाहक प्रमुख सुशिला अधिकारीले जानकारी गराइन् ।

गुम्बाको मेडिटेसन हलमा पीडितलाई राखिएको छ । अस्थायी बसोबासको अवस्था बुझ्नका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी, इश्वरराज पौडेल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि लगायत शुक्रबार गुम्बामा पुगेका थिए ।

‘व्यक्तिगत र संस्थागत सहयोगहरु जुटिरहेको छ । हामीले स्वास्थ्य टोलीको टोली खटाएका छौ,’ नागार्जुन नगरपालिकाको कार्यावाहक प्रमु अधिकारीले भनिन् ।

गुम्बामा अस्थायी बसोबासका लागि ल्याइएका बाढी पीडितको लागी नेपाल रेडक्रस सोसाइटीले ५० थान मण्डी र ५० थान म्याट्रेस उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?