+
+
Shares

बाढी प्रभावितलाई सबिता ग्रुप होल्डिङको ५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सबिता ग्रुप होल्डिङ प्रालिले बाढीपहिरो र प्राकृतिक विपद्बाट प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
  • कम्पनीका प्रबन्ध निर्देशक सौगात बर्तौलाले शुक्रबार जारी विज्ञप्तिमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जानकारी दिए।
  • विज्ञप्तिमा 'सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत पुर्‍याउन सक्छ भन्ने विश्वासका साथ, हामी सबैलाई आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न आग्रह गर्दछौं।' भनिएको छ।

१३ भदौ, काठमाडौं । कृषि तथा पोल्ट्री (लेयर्स) व्यवसायमा संलग्न कम्पनी सबिता ग्रुप होल्डिङ प्रालिले देशमा हालै आएको बाढीपहिरो र प्राकृतिक विपद‍्‍बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक सौगात बर्तौलाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशमा उत्पन्न विपद्को कठिन परिस्थितिलाई मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरिएको जानकारी दिएका छन्।

प्रबन्ध निर्देशक बर्तौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत पुर्‍याउन सक्छ भन्ने विश्वासका साथ, हामी सबैलाई आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न आग्रह गर्दछौं।’

विपद्को यस संवेदनशील समयमा निजी क्षेत्रबाट राहत कोषमा सहयोग जुट्ने क्रम जारी छ। यसै अभियानलाई साथ दिँदै सबिता ग्रुपले पनि आम नागरिकलाई सचेतना र ऐक्यबद्धताका लागि आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?