+
+
Shares

त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन जारी

२० फिटभन्दा बढी उत्खनन भयो, दिउँसोसम्म सुरुङको मुखमा पुग्ने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १२:५६

१३ भदौ, काठमाडौं । त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन जारी छ । अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको रिर्पोटिङ भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उत्खननको प्रगति राम्रो रहेको भन्दै थप तीन घण्टामा सुरुङको मुखमा पुग्ने अनुमान रहेको भनेर बिहान ११ बजे रिर्पोटिङ भएको छ । यसअनुसार दिउँसो २ बजेसम्म सुरुङको मुखमा पुग्ने अनुमान रहेको जनाइएको हो ।

यसअघि, यस क्षेत्रमा फसेको भन्दै आफन्तहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । शुक्रबार कपिलवस्तुकी सिता अधिकारी आफ्नो श्रीमनसहितका कर्मचारी कुलेखानी तेस्रोबाट रसुवा ३ ए जलविद्युत आयोजनाको टनेलमा फसेको हुन सक्ने भनेर उद्धारको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेकी थिइन् ।

अर्का इन्जिनियर विनोद पाण्डेको परिवारले तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । इन्जिनियर विनोद पाण्डेको आफन्तका अनुसार ३५ जना बढी सुरुङभित्र थुनिएको जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?