News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी नदीमा राति ३ बजेदेखि एक्कासि बढेको बाढीको बहाब अहिले क्रमशः घट्दै गएको छ।
- प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भने- राति ३ बजेतिर ठूलो आवाज सुनियो । उक्त आवाजपछि भोटेकोशी नदीमा बाढीको बहाव बढेको हामीले थाहा पायौं । अहिल पछिल्लो समय यस क्षेत्रमा बाढीको बहाव घट्दै गएको देखिन्छ ।
- बाढी पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट र धादिङका नदी आसपास तत्काल ठूलो बाढीको खतरा नरहेको जनाएको छ।
१४ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा राति एक्कासि बढेको बाढीको बहाब अहिले क्रमशः घट्दै गएको पाइएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार राति ३ बजेयता भोटेकोशीमा बाढीको बहाब एक्कासि बढेको हो ।
उनले अनलाइनखबरसँग भने, ‘राति ३ बजेतिर ठूलो आवाज सुनियो । उक्त आवाजपछि भोटेकोशी नदीमा बाढीको बहाव बढेको हामीले थाहा पायौं । अहिल पछिल्लो समय यस क्षेत्रमा बाढीको बहाव घट्दै गएको देखिन्छ ।’
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि भोटेकोशीमा पानीको बहाव बढेको जनाएको छ ।
बाढीको बहाव बढे पनि रसुवा, नुवाकोट र धादिङ नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले स्पष्ट पारेको छ ।
महाशाखाले आज बिहान पौने ६ बजे सूचना अद्यावधिक गर्दै तत्काल ठूलो बाढीको खतरा नरहेको जानकारी दिएको हो ।
प्रतिक्रिया 4