+
+
Shares

सेनाले भन्यो-‘त्रिशूली–३ ए’को टनेलको प्रवेशद्वार पत्ता लगाउने काम हुँदैछ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १२:२९

१४ भदौ, काठमाडौं । त्रिशूली–३ ए हाइड्रो पावर टनेलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

उद्धारका लागि १२ भदौदेखि अस्थायी रुपमा बसेको संयुक्त टोलीले काम गरिएको छ । अहिले विशेषज्ञसहित गरी ९३ जनाको टोलीले काम गरिरहेका छन् । ड्रिलिङ मेसिनसहित स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामाग्रीको प्रयोग गरेर काम भइरहेको सेनाले बताएको छ ।

बाढीको बहाव बढेकाले केहीबेर रोकिएको काम अहिले फेरि सुरु भएको छ । अहिले भारतीय र चिनियाँ टोली समेत टनेलको उत्खनन गर्न परिचालन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?