+
+
Shares

जस्मिन पेन्ट्सद्वारा बाढी प्रभावितका लागि २५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जस्मिन पेन्ट्सले रसुवाको प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
  • अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एमडी लक्ष्मण अर्याल र सीओओ सौगात अर्यालले सहसचिव उत्तरकुमार खत्रीलाई संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन्।
  • कम्पनीले विगत ३२ वर्षदेखि प्राकृतिक विपद् तथा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ।

१६ भदौ, काठमाडौं । जस्मिन पेन्ट्सले रसुवामा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा जस्मिन पेन्ट्सका प्रबन्ध निर्देशक (एमडी) लक्ष्मण अर्याल र प्रमुख सञ्चालन अधिकृत (सीओओ) सौगात अर्यालले संयुक्त रूपमा २५ लाख रुपैयाँ नेपाल सरकारका सहसचिव उत्तरकुमार खत्रीलाई हस्तान्तरण गरेका हुन्।

जस्मिन पेन्ट्सले विगत ३२ वर्षदेखि प्राकृतिक विपद् तथा विभिन्न सामाजिक कार्यमा पनि सहयोग गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?