+
+
Shares

विज्ञ टोलीसहित गगन थापा रसुवाको बाढी प्रभावित क्षेत्रमा

उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवाको नौकुण्ड गाउँपालिका–३ घिचेत पुगेका छन् ।
  • थापा शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् ।
  • १० भदौको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् ।

उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् ।

थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका सचिवालयले जनाएको छ ।

यसअघि उनी १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए ।

सभापति थापाले बिहीबार पार्टीका तर्फबाट स्थलगत निरीक्षणमा देखिएको दृष्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने बताएका थिए ।

१० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?