+
+
Shares

सुरुङबाट जीवितै उद्धार भएका कविरका भाइ भन्छन्- खुसीलाई शब्दमा भन्न सक्ने अवस्थै छैन

कतिखेर गएर भटौं भन्ने लागेको छ । अहिले परिवार सबै जना हस्पिटल जाँदैछौं ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिन फसेका कविर महर्जनलाई नेपाली सेना र सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका छन्।
  • कविरका भाइ अमिरले दाइ उद्धार भएको सुन्दा परिवारजनमा खुसीको सीमा नै नरहेको बताए।
  • अमिरका अनुसार उद्धारपछि कविरलाई छाउनी अस्पताल लगिएको छ र परिवार भेट्न जाँदैछ।

१९ भदौ, काठमाडौं । त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवित्तै उद्धार गरिएका कविर महर्जनका भाइले खुसीको सीमा नै नरहेको बताएका छन् ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेको १० दिनपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा सकुशल उद्धार गरेपछि अनलाइनखबरको सम्पर्कमा आएका कविरका भाइ अमिरले खुसीको सीमा नै नरहेको बताए ।

अनलाइनखबरसँग अमीरले साटेको खुसीको अनुभूति यस्तो छ ।

१० दिनपछि टनेलबाट सकुशल उद्धार गरिएका कविर महर्जन मेरो दाइ हुन् । अहिले उहाँलाई छाउनी अस्पताल ल्याएको छ । हामी भेट्न जाँदै छौं । भेट भने भइसकेको छैन । उद्धार भएको सुन्दा एकदमै खुसी लागेको छ ।

परिवारजनमा सबैलाई एकदमै खुसी को सीमा नै छैन । अब शब्दले बयान गर्ने चिज नै भएन । सबै जना एकदम खुसी छौं । साथीभाइ सबैले सपोर्ट सहयोग गर्नु भएको छ ।

मुख्यगरी उद्धारमा लाग्नु भएका नेपाल आर्मी, सशस्त्र प्रहरी सबै रेस्क्यु एक्स्पर्ट सरहरूलई एकदमै धन्यवाद छ । हामीले दाइको टनेलमा थुनिएको पनि मिडियाबाटै थाहा पायौं । अहिले पनि सबै मिडियाबाट थाहा पायौं । आफैं खोज्न जाने अवस्था पनि थिएन । अहिले सकुशल हुनुभयो एकदमै खुसी छौं ।

उहाँ कर्मचारी नै हो । त्यही काम गर्नु हुन्थ्यो । गइराख्नु हुन्थ्यो । ड्युटी नै त्यहीँ थियो । यस्तो होला भन्ने हामीले सोचेका पनि थिएनौं । अहिले अचम्म लागिराखेको छ । कतिखेर गएर भटौं भन्ने लागेको छ । अहिले परिवार सबै जना हस्पिटल जाँदैछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?