+
+
Shares

होर्मुजमा सेना पठाउने निर्णय भएको छैन : दक्षिण कोरिया

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले होर्मुज स्ट्रेटमा सैन्य बल पठाउनेबारे हालसम्म कुनै निर्णय नभएको बताएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले होर्मुज स्ट्रेटमा सैन्य बल पठाउनेबारे हालसम्म कुनै निर्णय नभएको बताएको छ।
  • मिडियामा यसै वर्षको अन्त्यसम्ममा सैन्य बल पठाउने खबर आएपछि राष्ट्रपति कार्यालयले त्यसबारे स्पष्ट प्रतिक्रिया दिएको हो।
  • इरान र अमेरिकाबीच तनावबीच विश्वव्यापी तेल आपूर्तिका लागि महत्त्वपूर्ण होर्मुज स्ट्रेटको विषय फेरि चर्चामा आएको छ।

१९ भदौ, काठमाडौं । इरान र अमेरिकाबीच जारी तनावबीच दक्षिण कोरियाले होर्मुज स्ट्रेटमा सेना पठाउने विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

बीबीसी फारसीका अनुसार दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले होर्मुज स्ट्रेटमा सैन्य बल पठाउनेबारे हालसम्म कुनै निर्णय नभएको बताएको छ।

दक्षिण कोरियाले यसै वर्षको अन्त्यसम्ममा होर्मुजमा सैन्य बल पठाउन तयारी गरिरहेको खबर मिडियामा आएका थिए।

ती खबरहरूप्रति टिप्पणी गर्दै दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले यस विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

विश्वव्यापी तेल आपूर्तिका लागि यो जलमार्ग निकै महत्त्वपूर्ण छ। इरानले यस जलमार्गमा आफ्नो अधिकार रहेको दाबी गरिरहेको छ।अमेरिकी राष्ट्रपति ट्रम्पले भने यसलाई स्वतन्त्र जल यातायातका लागि खुला राख्नुपर्ने बताएका छन्। एजेन्सीहरूको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?