+
+
Shares

जेनजी शहीदको सम्झना : परिवारका आँखामा आँशु (तस्वीरहरू)

कार्यक्रममा सहभागी हुन पुगेका जेनजी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ भदौ २३ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ, र सरकारले २३ भदौलाई जेनजी शहीद दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ।
  • नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री र सांसद सहभागी भए, परिवारले दीप प्रज्वलन र माल्यार्पण गरे।
  • २३ भदौको काठमाडौं प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो, र दुई दिनको प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो।

२३ भदौ, काठमाडौं । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।

यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा सहभागी हुन सरकारका विभिन्न मन्त्रीहरूसहित सांसदहरूको समेत सहभागीता रहेको छ ।

कार्यक्रममा सहभागी हुन पुगेका जेनजी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका छन् ।

सो क्रममा अधिकांश आफन्तहरू भावुक बने । धेरैका आँखाबाट आँशु बगे ।

केहीबेर नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरको दृश्य भावविह्वल बन्न पुगेको हो ।

जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिएको छ ।

२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो ।

दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।

तस्वीरहरू–

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?