+
+
Shares

च्याकुटारमा जेनजी शहीद योगेन्द्रको शालिक निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १८:३८

२२ भदौ, काठमाडौँ । देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनका शहीद योगेन्द्र न्यौपाने (रोशन)को शालिक अनावरण गरिएको छ।

उनको जन्मथलो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारवेसीस्थित सुनकोशी किनारको उकास जग्गामा निर्माण गरिएको शालिकको गाउँपालिका अध्यक्ष शङ्करराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले आज अनावरण गरेका हुन्। सोही कार्यक्रममा त्यहाँ निर्माण गरिएको शहीद स्मृति पार्कको उद्घाटन गरियो ।

सिन्धुली स्थायी घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्दै आउनुभएका रोशनको मुलुकको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्न भएको नयाँ बानेश्वरको आन्दोलनमा गोली लागि निधन भएको थियो।

गोलञ्जोरकै स्थानीय प्राथमिक विद्यालयका शिक्षक एवं रोशनका पिता युवराज न्यौपाने सुरु गरेको शालिक र स्मृति पार्क निर्माणमा पालिकाले पाँच लाख सहयोग उपलब्ध गराएको थियो।

सरकारले उक्त आन्दोलनका क्रममा नवपुस्ताबाट भएको बलिदानीको कदर गर्दै आज सार्वजनिक बिदासहित जेनजी शहीद दिवस मनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?