+
+
Shares

जेनजी आन्दोलनको एक वर्ष : ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)

आज ज्यान गुमाएकाको सम्झनामा र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै जेनजी आन्दोलनमा धेरैको ज्यान गएको ठाउँ संसद् भवनअगाडि दीप प्रज्वलन गरिएको छ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ २३ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशमा सुशासन माग्दै जेनजी आन्दोलन शुरू भएको एक वर्ष पुगेको छ, जसको सम्झनामा संसद् भवनअगाडि दीप प्रज्वलन गरिएको छ।
  • गत वर्ष भदौ २३ गते माइतीघरबाट शान्तिपूर्ण सुरू भएको प्रदर्शन नयाँ बानेश्वरमा हिंसात्मक बनेपछि देशभर फैलिएको थियो।
  • जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका छन् र केही घाइते अझै अस्पतालमा उपचाररत छन्।

२३ भदौ, काठमाडौं । देशमा सुशासन माग राख्दै नवपुस्ता (जेनजी)हरू आन्दोलनमा होमिएको पनि एक वर्ष पूरा भयो। गत वर्ष भदौ २३ गते काठमाडौं माइतीघरबाट शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शन पछि हिंसात्मक बन्न पुगेको थियो।

भदौ २३ गतेको आन्दोलनमा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि केही व्यक्तिमाथि प्रहरीको गोली लागेर ज्यान जाने अवस्था आइसकेपछि आन्दोलनको झिल्को देशैभर सल्कियो।

भोलिपल्ट देशैभर आन्दोलन उर्लियो। आगजनी तोडफोड झनै बढ्यो। जेनजी आन्दोलनमा ७६ जनाले अकालमा ज्यान गुमाए। कयौं घाइते भए। केही घाइते अहिले पनि अस्पतालकै शय्यामा छन्।

आज ज्यान गुमाएकाको सम्झनामा र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै जेनजी आन्दोलनमा धेरैको ज्यान गएको ठाउँ संसद् भवनअगाडि दीप प्रज्वलन गरिएको छ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?